रहेनन् हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । उनको उपचार क्रममा गएराति फिस्टेल अस्पताल, पोखरामा निधन भएको हो ।  उनकी पत्नी मीरा गुरुङको कोरोना संक्रमणका कारण ३० वैशाखमा निधन भएको थियो । पत्नी गुमाएको २ सातामै मेनकाजीले मृत्यु भएको हो। परिवारमा उनका १ छोरा र १ छोरी छन् ।  विश्वभर फैलिएको कोरोना महामारीको चपेटामा परेका उनी गत महिना कोरोनामुक्त भइसकेका थिए । तैपनि मुटुका रोगी मेनकाजीलाई गत साता मुटुको उपचारका लागि फिस्टेल भर्ना गरिएकोमा गएराति १ बजे निधन भएको प...

सम्बन्धित सामग्री

पोखरामा तीज सांस्कृतिक महोत्सव हुने

पोखरा– हरितालिका तीजको अवसरमा भदौ २५ देखि २७ गतेसम्म पोखरामा तीज सांस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ ।  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त कार्यक्रमको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी  दिइएको छ  । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरूको सहभागिता रहने टेवानकी अध्यक्ष कमला […]

नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ।अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। वरिष्ठ चलचित्रकर्मी तथा  नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा  हंगेरी कन्सुलर जनरल तथा उधोगपति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशेष&

भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुँदै, को-को कलाकार आउँदैछन्?

भैरहवा – भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुन लागेको छ। हालै मात्रै स्थापित सामाजिक संस्था लायन्स क्लब अफ लिगेसीले १७ कात्तिकबाट प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९ आयोजना गर्न लागेको हो। संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाको प्रस्फुटनसँगसँगै विशेषज्ञ स्वास्थ्य सेवाका साथ २७ कात्तिकसम्म भैरहवाको हनुमान मन्दिर पसिरमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए। […]

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षद्धारा भेटवार्ता

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । जेठ ३१ देखि नेपाल भ्रमणमा...

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र उच्च अधिकारीबीच भेटवार्ता

काठमाडौँ– भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले नेपालका उच्च अधिकारीलाई भेटेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटेर नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका हुन् । तीन दिने नेपाल भ्रमणमा आएका सहस्रबुद्धे मंगलवार काठमाडौँ आएका हुन् […]

शैलुङ सांस्कृतिक महोत्सव सुरु

चरिकोट – दोलखाको शैलुङडाँडामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ। महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर र स्रोतसाधनले भरिपूर्ण रहेको बताए। नेपाल भ्रमण गर्ने जो–कोही पर्यटकले पनि शैलुङ भ्रमण नगरे त्यो भ्रमण अधुरै रहने उनको भनाइ थियो। ऋषिमुनीले तपस्या गर्ने […]

मबाट सांस्कृतिक क्रान्ति सुरु हुन्छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु हुने बताएका छन्। मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले सांस्कृतिक क्रान्तिलगायत सवै कुरा आफूबाटै महाधिवेशन स्थलबाटै सुरु हुने बताए। उनले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि उल्लेख गरे। त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै […]

नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष थापाद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी मङ्सिर २४ देखि हुन लागेको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफूले उम्मेदवारी दिने जानकारी दिए । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले स्रष्टा, संस्कृतिकर्मीको हक, हित, अधिकार संरक्षण […]

नवलपरासीमा रक्तिम सांस्कृतिक अभियानको भेला

परासी । नवलपरासीको सुनवलमा रक्तिम सांस्कृतिक अभियानको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम राना प्रमुख आतिथ्यतामा २०७७ माघ २४ गते जिल्ला भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रेम रानाले ठुला राजनैतिक परिवर्तन भए पनि सांस्कृतिक परिवर्तन नभएको कारण देशमा भ्रष्टाचार र व्यक्तिवादी सोच मौलाएको दावी गर्नुभयो । ‘त्यही कारण ओली सरकारको निर्णयले देश र जनताको उपलब्धि नष्ट गर्दा पनि जनसमर्थनमा ताली बजिरहेको हो, त्यसैले कलाकारले सांस्कृतिक चेतना जगाउन आवश्यक छ’ उहाँले भन्नुभयो । विषेश अतिथि राष्ट्रिय जनमोर्चा नेता कृष्णराज पौडेल र अन्य अतिथिहरू राष्ट्रिय जनमोर्चा जिल्लाध्यक्ष किसनबहादुर अधिकारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार उत्तमराज खरेल, अखिल नेपाल महिला सङ्घकी जिल्लाध्यक्ष सम्झना सुवेदी र अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष शेरबहादुर सूर्यवंशीले भेला सफलताको शुभकामना दिनुभएको थियोे । त्यसैगरी अखिल नेपाल शिक्षक सङ्घ जिल्ला सदस्य धनमाया थापा र अखिल नेपाल किसान महासङ्घ जिल्लाध्यक्ष जीतबहादुर पौडेलले निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना दिनुभएको थियोे । भेलाले मेघराज गौतमको अध्यक्षतामा नौ सदस्यीय रक्तिम सांस्कृतिक अभियान नवलपरासी जिल्ला सङ्गठन समिति गठन गरेको छ; जसमा उपाध्यक्ष कुसुम आले, सचिव लक्ष्मणजङ्ग हमाल, सहसचिव विशाल परियार, कोषाध्यक्ष सीता थापा र सदस्यहरूमा अशु पुन, सृजना राना, निशा गौतम र कविता सापकोटा रहनुभएको छ । उक्त भेलाले मेघराज गौतम, लक्ष्मण हमाल, कुसुम आले, विशाल परियार, सीता थापा, अशु पुन, सृजना राना, निशा गौतम, कविता सापकोटा, सरिता दर्जी, पुष्पा खत्री, मेलिना सर्बुजा, शान्ति केसी, सृजना रोका, ईश्वर थापा, सलिना कुँवर, प्रतिमा रिजाल, शङ्कर थापालगायत २१ सदस्यीय रक्तिम सांस्कृतिक अभियानको जिल्लास्तरीय कलाकार टोली गठन गरेको छ । भेला मेघराज गौतमको अध्यक्षता, लक्ष्मणजङ्ग हमालको सञ्चालन र विशाल परियारको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।