नवलपरासीमा रक्तिम सांस्कृतिक अभियानको भेला

परासी । नवलपरासीको सुनवलमा रक्तिम सांस्कृतिक अभियानको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम राना प्रमुख आतिथ्यतामा २०७७ माघ २४ गते जिल्ला भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रेम रानाले ठुला राजनैतिक परिवर्तन भए पनि सांस्कृतिक परिवर्तन नभएको कारण देशमा भ्रष्टाचार र व्यक्तिवादी सोच मौलाएको दावी गर्नुभयो । ‘त्यही कारण ओली सरकारको निर्णयले देश र जनताको उपलब्धि नष्ट गर्दा पनि जनसमर्थनमा ताली बजिरहेको हो, त्यसैले कलाकारले सांस्कृतिक चेतना जगाउन आवश्यक छ’ उहाँले भन्नुभयो । विषेश अतिथि राष्ट्रिय जनमोर्चा नेता कृष्णराज पौडेल र अन्य अतिथिहरू राष्ट्रिय जनमोर्चा जिल्लाध्यक्ष किसनबहादुर अधिकारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार उत्तमराज खरेल, अखिल नेपाल महिला सङ्घकी जिल्लाध्यक्ष सम्झना सुवेदी र अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष शेरबहादुर सूर्यवंशीले भेला सफलताको शुभकामना दिनुभएको थियोे । त्यसैगरी अखिल नेपाल शिक्षक सङ्घ जिल्ला सदस्य धनमाया थापा र अखिल नेपाल किसान महासङ्घ जिल्लाध्यक्ष जीतबहादुर पौडेलले निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना दिनुभएको थियोे । भेलाले मेघराज गौतमको अध्यक्षतामा नौ सदस्यीय रक्तिम सांस्कृतिक अभियान नवलपरासी जिल्ला सङ्गठन समिति गठन गरेको छ; जसमा उपाध्यक्ष कुसुम आले, सचिव लक्ष्मणजङ्ग हमाल, सहसचिव विशाल परियार, कोषाध्यक्ष सीता थापा र सदस्यहरूमा अशु पुन, सृजना राना, निशा गौतम र कविता सापकोटा रहनुभएको छ । उक्त भेलाले मेघराज गौतम, लक्ष्मण हमाल, कुसुम आले, विशाल परियार, सीता थापा, अशु पुन, सृजना राना, निशा गौतम, कविता सापकोटा, सरिता दर्जी, पुष्पा खत्री, मेलिना सर्बुजा, शान्ति केसी, सृजना रोका, ईश्वर थापा, सलिना कुँवर, प्रतिमा रिजाल, शङ्कर थापालगायत २१ सदस्यीय रक्तिम सांस्कृतिक अभियानको जिल्लास्तरीय कलाकार टोली गठन गरेको छ । भेला मेघराज गौतमको अध्यक्षता, लक्ष्मणजङ्ग हमालको सञ्चालन र विशाल परियारको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।

सम्बन्धित सामग्री

‘नागरिक पहिलो’ अभियानको घोषणा हुँदै

काठमाडौं । विभिन्न राजनीतिक समूह तथा अभियन्ताले ‘नागरिक पहिलो’ अभियानको घोषणा गर्ने भएका छन् । आगामी मंगलबार उक्त अभियानको घोषणा हुने छ । अभियानको मूल नारा– ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ हुने बताइएको छ । देशमा प्रतिक्रियावादी तथा पश्चगामी चलखेल बढेको, पुराना दल संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि असफल हुँदै गएको निष्कर्षसहित अझ उन्नत […]

फोन पेद्वारा नयाँ अभियानको घोषणा

काठमाडौं । नेपालको भुक्तानी संचालक ‘फोन पे’ ले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फोन पेले सो अभियानको घोषणा गरेको हो।अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा सचेत गराउनु […]

राप्रपाद्वारा कोष वृद्धि अभियानको सुरुवात

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा जनमत बढाउन कोष वृद्धि अभियानको  सुरुवात गरेको छ । काठमाडौंमा बिहीबार आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् ।राप्रपाका अनुसार उक्त नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दु राष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दु राष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई  जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको स

दराजले गर्‍यो प्राउडली नेपाली अभियानको घोषणा

नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली–प्रमोटिङ नेपाली ब्राण्ड नामक आफ्नो नयाँ अभियानको घोषणा गरेको छ।...

ओरेक ३१औं वार्षिक उत्सव: अभियानको शुभारम्भ

ओरेक रुकुमको आयोजनामा ओरेक दिवस तथा ‘महिलाको समानुपातीक समावेशी नेतृत्वको अधिकार सामाजिक रुपान्तरणको आधार’ राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ।...

शुक्रबारदेखि तराई मधेश राष्ट्रिय अभियानको भेला हुने

तराई मधेश राष्ट्रिय अभियानको राष्ट्रिय भेला हुने भएको छ । तराई मधेशको मुद्दामा खबरदारी गर्दै आएका अभियानको राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुने बताइएको हो । अभियानका संयोजक एवं अधिवक्ता विकास ठाकुरले राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए । दुई दिनसम्म चल्ने सो राष्ट्रिय भेलमा अभियानको तर्फबाट राजनीतिक एवं समाजिक प्रतिवेदन र अभियानको अवधारणा  प्रस्तुत हुने उनले बताए । भेलाले अभियानको विधान पनि पारित गर्नुको साथै नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ । अहिले अभियानमा एकज

गभर्नर अधिकारीले गरे बैंकिङ शिक्षा अभियानको शुभारम्भ

२० पुस, काठमाडौं । दिगो बैंकिङका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अभियानको उद्घाटन गरेका हुन् । हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा शुरु भएको यस अभियानमा बैंक के हो ? बैंकबाट के कस्ता सुविधाहरु […]

“साहित्यका लागि एक डलर” अभियानको घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले “साहित्यका लागि एक डलर” अभियानको घोषणा गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, विस्तार तथा विश्वव्यापीकरणको उदेश्य राखेर यस अभियानको घोषणा गरिएको हो । “साहित्यिक संस्थाले आर्थिक रुपमा आफुलाई आफैँले सक्षम बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो ।”, केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्ण गिरीले भने, “यो अभियानले अनेसासलाई दर्बिलो …

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ

व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि  हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरिएको छ।

खोप अभियानको निरीक्षणका लागि विभिन्न अस्पतालहरू पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली खोप अभियानको निरीक्षणका लागि निस्किएका छन्। बालुवाटरबाट भिडियो कन्फ्रेन्स मार्फत अभियानको उद्घाटन गरेका प्रधानमन्त्री ओलीले उपत्यकाका विभिन्न अस्पतालमा पुगेर खोप अभियानको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी काठमाडौंका सरकारी अस्पतालहरू पुगेका छन्। प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, नेपाली आर्मी अस्पताल छाउनी, प्रसुती गृह, नेपाल…