सांस्कृतिक सङ्घका अध्यक्ष थापाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लमजुङ निवासी थापाले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने रातोपाटीलाई बताए । त्यसका लागि उनले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।मंसिर ६ गते हुन लागेको काँग्रेस लमजुङको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अध्यक्ष थापाले उम्मेदवारी दिएका हुन् । करिब १५ वर्ष सांस्कृतिक संघको नेतृत्व सम्हालेका थापा १४ औं महाधिवेशनमा पार्टी राजनीतिमा प्रव

सम्बन्धित सामग्री

उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा कृषि उद्यमी कटुवालको उम्मेदवारी घोषणा

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महासंघले २८ र २९ चैतमा डाकेको ५७औं साधारणसभामार्फत नयाँ कार्यसमिति चयन...

कांग्रेस सिरहा सभापतिमा यादवको उम्मेदवारी घोषणा

सिरहा, २६ पुस । नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका […]

काँग्रेस सिरहा सभापतिमा यादवको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका छन् ।जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरे । उनले भने, 'पहिलो पटक ३ सय मतान्तरले

गंगालक्ष्मी अवालद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरकी नेतृ गंगालक्ष्मी अवालले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । मंगलादेवी स्मृति प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहनु भएकी अवालले आदिबासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले देशलाई बलियो बनाउन पार्टी बलियो हुनुपर्छ, पार्टी बलियो […]

काँग्रेसको सह–महामन्त्रीमा मीन विश्वकर्माद्वारा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले १४औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका उनी १२ औँ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । नेपाल दलित संघको केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य समेत रहेका विश्वकर्मा पूर्व बाणिज्यमन्त्री र संविधानसभा सदस्य समेत हुन् । ‘मैले सभा

नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष थापाद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी मङ्सिर २४ देखि हुन लागेको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफूले उम्मेदवारी दिने जानकारी दिए । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले स्रष्टा, संस्कृतिकर्मीको हक, हित, अधिकार संरक्षण […]

यी हुन् एमालेका ३०१ केन्द्रीय सदस्य [सूचीसहित]

नेकपा एमालेको दशौं महाधिवेशनबाट पाँच वर्षको लागि ३०१ केन्द्रीय सदस्य चयन भएका छन् । चितवनको सौराहामा जारी बन्दसत्रमा आइतवार राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका हुन् । शनिवारको बन्दसत्रले केन्द्रीय सदस्यको सूची ल्याउने अधिकार ओलीलाई दिएको थियो । अधिकांश पुरानै अनुहारलाई समेटेर ओलीले ल्याएको सूची बन्दसत्रको हलबाट अनुमोदन भएको छ । ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी दिने बताएका घनश्याम भुसाल पनि केन्द्रीय कमिटीमा समेटिएका छन् ।&n...

सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने – लोकप्रिय मत ल्याएर जित्छु

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरे ।‘म दसौँ महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु’, पत्रकार सम्मेलनमा बस्नेतले घोषणा गरे । बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

भक्तपुर- नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको […]

एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतकाे घाेषणा

भक्तपुर – यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।  आज साेमवार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मी समक्ष आफ्नो धारणासहित देशभरिका कार्यकर्ताको मनोभावनाको उच्च सम्मान गरेर आफूले सचिव पदमा उम्मेदवारी दिन लागेकाे उहाँले बताउनुभयाे ।  पार्टी र देशका लागि आफूले निर्वाह गरेको भूमिका र पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा...