भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुँदै, को-को कलाकार आउँदैछन्?

भैरहवा – भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुन लागेको छ। हालै मात्रै स्थापित सामाजिक संस्था लायन्स क्लब अफ लिगेसीले १७ कात्तिकबाट प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९ आयोजना गर्न लागेको हो। संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाको प्रस्फुटनसँगसँगै विशेषज्ञ स्वास्थ्य सेवाका साथ २७ कात्तिकसम्म भैरहवाको हनुमान मन्दिर पसिरमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए। […]