गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र संविधान विरोधीसँग सतर्क हुनुपर्ने बताएका छन् । संसारकै समावेशी संविधान बनेको भन्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको खिलापमा अनेक गतिविधि भइरहेको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताए । गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले पछिल्लो समय देशमा राजतन्त्र पुनर्स्थापनाको कुरा आएको भन्दै गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको […] The post गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो: प्रधानमन्त्री देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

निर्वाचनपछि पनि गठबन्धनकै सरकार : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ”, शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।” सो अवसरमा प्रधानमन्त्री देउवाले …

अझै प्रतिगमनको खतरा छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका छन् । आइतबार काठमाडौ निर्वाचन क्षेत्र नं २ मा भएको सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले प्रतिगमनको खतरा अझैपनि रहेको बताएका हुन् । ‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ’, प्रधानमन्त्री देउवाको भनाइ छ । उनले अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्र

भीम रावलमाथि खनिए प्रधानमन्त्री देउवा

३० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै गर्दै आएका नेकपा एमालेका सांसद भीम रावलप्रति आक्रोश पोखेका छन् । किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्न नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको भन्दै देउवाले भने, ‘मैले एमसीसी […]

जनतालाई नढाँट

समयले घक्र्याउँदै ल्याएपछि प्रधानमन्त्री देउवा र माओवादीअध्यक्ष प्रचण्डले गत असोजमै एमसीसी मुख्यालयलाई पत्र लेखी गरेका वाचा र प्रतिबद्धता स्वयं एमसीसी कार्यालयले स्मरण गराएपछि यसले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । एमसीसी’bout गोप्य राखिएका थैलाका मुखहरू एकपछि अर्कोगरी खुल्दै जान थालेपछि नेताहरूले जनतासँग गर्नुपर्ने कुरा बाहिरकासँग र बाहिरका सँग गरिनुपर्ने कूटनीतिक कुरा जनतासँग गरिरहेको खुलेको […] The post जनतालाई नढाँट appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँ भेरियन्टकाे थप चुनौती: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा नयाँ भेरियन्टले चुनौती थपेको बताएका छन् । तीव्रगतिमा सङ्क्रमण फैलने नयाँ–नयाँ भेरियन्टले ठूलो समस्या ल्याएको उनको भनाइ छन् । आगामी चैत मसान्तभित्र सबै नेपालीलाई खोप सरकारले लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर लैजाने बताए । ‘ओमिक्रोनजस्ता भाइरस डरलाग्दो तरिकाले आइरहेको छ, सबै नागरिकलाई खोपको […]

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ओली निवास बालकोट पुगेका छन् । शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकले निरन्तर भइरहेको संसदमा अवरोध र सर्वदलीय बैठकमा ओली अनुपस्थित भएपछि ओलीसँग भेटवार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । सोही बैठकको निर्णयअनुसार संसदको अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा ओली निवास पुगेका हुन् । ओली आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्यादेश ल्याएको र सभामुखले समेत सहयोग

नीतिगत विमतिलाई संवैधानिक विधिमार्फत टुंगो लगाउन आवश्यक : प्रधानमन्त्री देउवा

मंसिर १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरू बीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउन आवशयक रहेको बताउनुभएको छ । नेकपा(एमाले) को १० औं महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले हामीहरु बीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने बताउनुभयो  उहाँले संविधान संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूको भएको पनि बताउनुभयो ।  उहाँले सबै मिलेर ल्याएको संविधानलाई संस्थागत र कार्यान्वयन गर्ने जिम्मेवारी राजनीतिक दलमा रहेको बताउनुभयो। उहाँले नेकपा(एमाले) लाई जिम्मेवार राजनीतिक दलका रूपमा अगाडि बढ्न पनि आग्रह गर्नुभयो । फरक- फरक विचारका व्यक्तिहरू भएकाले नै विभिन्न राजनीतिक दल भएको तर लोकतान्त्रिक मूल्य र जीवन्ततालाई, व्यक्तिगत स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउनका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।