मंसिर १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरू बीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउन आवशयक रहेको बताउनुभएको छ ।
नेकपा(एमाले) को १० औं महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले हामीहरु बीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने बताउनुभयो
उहाँले संविधान संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूको भएको पनि बताउनुभयो । उहाँले सबै मिलेर ल्याएको संविधानलाई संस्थागत र कार्यान्वयन गर्ने जिम्मेवारी राजनीतिक दलमा रहेको बताउनुभयो।
उहाँले नेकपा(एमाले) लाई जिम्मेवार राजनीतिक दलका रूपमा अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।
फरक- फरक विचारका व्यक्तिहरू भएकाले नै विभिन्न राजनीतिक दल भएको तर लोकतान्त्रिक मूल्य र जीवन्ततालाई, व्यक्तिगत स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउनका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।