प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका छन् । आइतबार काठमाडौ निर्वाचन क्षेत्र नं २ मा भएको सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले प्रतिगमनको खतरा अझैपनि रहेको बताएका हुन् । ‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ’, प्रधानमन्त्री देउवाको भनाइ छ । उनले अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्र