काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोराेनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले तेरो पार्टी, मेरो पार्टी भन्दा पनि राष्ट्र नै एकजुट भएर कोराेना संक्रमण नियन्त्रणका लागि लाग्नुपर्ने बताउनुभएको हो । शनिबार आफ्नै सरकारी निवास बालुवाटार पुगेका एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङ नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उहाँले कोराेनाको नयाँ लहरले ल्याएको नयाँ चुनौतीको सामना गरेर अघि बढ्न सबै राजनीतिक दलहरुले आ–आफ्नो ठाउँबाट सक्द...