यो काँग्रेसको एकलौटी सरकार होइन, धेरै काम गर्न सक्ने अवस्था छैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार काँग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।  प्रधानमन्त्री देउवाले काँग्रेसको एकलौटी सरकार नभएकाले नेपालट्रेड युनियन काँग्रेसले धेरै माग दावी गर्न नमिल्ने पनि बताए । नेपाल ट्रेड युनियन काँग्रेसको आईतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानुनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको बताए । पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भईरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए । प्रधानमन्त्री देउवाले विपन्न र अनौंपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराए  । उनले भने, ‘एउटा कुरा के बुझ्नु प¥यो भने तपाईहरुले यो काँग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईहरुले यो धेरै क्लेम गर्ने कुरा छैन । अरु कतिपय तपाईहरुले अति महत्वपूर्ण कुराहरु उठाउनु भएको छ । कतिपय बजेटमा आएका छन । छैनन भने पनि हामीहरु त्यसलाई पूरा गर्नेछौं । कोभिड १९ महाकारीका कारण विगत दुई वर्षयता मुलुकको औद्योगिक, व्यवसायिक क्षेत्रमा भएको आएको संकुचनले श्रम बजारलाई प्रभावित पारेको कुरा हामी सबैलाई थाहा नै छ । सरकारले कोभिड १९ नियन्त्रण, रोकथामका लागि चालेको खोप अभियान लगायतका कार्यक्रमहरुले हाल कोभिड नियन्त्रणमा आएपनि रुस युक्रेन द्धन्द्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतिबाट गज्रिरहेको छ । यसले श्रमिकहरुको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत केही प्रभाव पार्ने देखिएको छ । यस चुनौतिपूर्ण अवस्थामा अर्थतन्त्रलाई पुनस्थापना गर्दै श्रम बजारलाई चलायमान गराउन श्रमजीविहरुलाई रोजीरोटीको व्यवस्था गर्न सबैको सहयोगको जरुरी छ । नेपालको संविधानले श्रमिकको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको छ । यसैगरी प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने र सामूहिक सौदावाजी गर्ने हकको सुनिश्चितता गरेको छ । संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिवद्ध छ । वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित छ । तपाईहरुलाई विविधै छ । मुलुकको सम्पूर्ण श्रमजीविहरु आर्थिक रुपले विपन्न र सामाजिक रुपले सुरक्षाको छाताभन्दा बाहिर रहेका श्रमिकहरुलाई लक्षित गरेर सरकारले योगदानमा आधारित सुरक्षा ऐन २०७४ लाई लागू गरेको छ । श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ हामीले त्यसैका लागि ल्यायौं । त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै औपचारिक, अनौपचारिक दुवै क्षेत्रमा कार्यरत श्रमिकहरु अपेक्षाकृत लाभ पु¥याउन हामी सबै एकजुट भई कार्य गर्न आवश्यक छ । यस सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा औपचारिक तथा अनौपचारिक र वैदेशिक रोजगारीमा गएका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट संचालित सामाजिक सुरक्षा योजनाहरुलाई क्रमशः आवद्ध गर्दै लैजाने व्यवस्था समेटिएको छ । ट्रेड युनियन काँग्रेसलगायत मुलुक अन्य ट्रेड युनियनहरुले श्रमिकहरुको सुरक्षा र सुविधामा उठाउँदै आएको मागप्रति सरकार संवेदनशील छ । यो विषयलाई सम्बन्धित सबै पक्षसँग छलफल गरी क्रमिक रुपमा सम्बोधन गर्दै जानेमा म यहाँहरुलाई आश्वस्त पार्न चाहन्छु । सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई लाभान्वित हुने मैले आशा लिएको छु ।’ प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले सरकारले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास लिएको पनि बताए । 

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा चितवनमा

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन्।...

प्रधानमन्त्री देउवा जङ्गी अड्डामा

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जङ्गी अड्डा पुगेका हुन्।...

प्रधानमन्त्री देउवा सुदूरपश्चिम भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) र शनिबार सुदूरपश्चिममा रहने भएका छन् । प्रधानमन्त्री देउवाले गृहप्रदेशको दुई दिने भ्रमण गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवा आज कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षित समारोहमा सहभागी हुने कार्यक्रम छ । विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा, शिक्षा मन्त्री देवेन्द्र पौ

प्रधानमन्त्री देउवा लुम्बिनीमा

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार लुम्बिनी आएका छन् ।  लुम्बिनीमा हुने दुई कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री देउवा लुम्बिनी आएका हुन् । प्रधानमन्त्री देउवा सोमबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन् भने भैरहवा विमानस्थलको उद्घाटन समेत गर्नेछन् । सोमबारै उनले लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत समेत गर्नेछन् ।देउवा सोमबार बिहान ७ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवामा आउने कार्यक्र तय भएको जि

मोरङ आउँदै प्रधानमन्त्री देउवा, के के छन् कार्यक्रम?

मोरङ – प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउने भएका छन्। जिल्लाको सुन्दरहरैंचा नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा मोरङ आउने भएका हुन्। सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालका अनुसार सोमबार प्रधानमन्त्री देउवा नगरपालिकामा आयोजना हुने दुई कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवा बिहान हेलिकोप्टरबाट हरैंचा आउनेछन्। उनले हरैंचामा निर्माण भएको नगर अस्पतालको उद्घाटन गर्नेछन्। अस्पताल उद्घाटनपछि […]

प्रधानमन्त्री देउवा पुगे वीरगन्ज

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज पुगेका छन् । घरेलु तथा साना उद्योग महासङ्घको भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगन्ज पुगेका हुन् । केही बेरअघि मात्रै त्यहाँ पुगेका उनी आजै काठमाडौँ फर्किनेछन् ।

चाक्सीबारी पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई उनको निवास चाक्सीबारी पुगेका छन्। नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्। उनले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिए।  यद्यपि दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको नेता सिंहका स्वकीय सचिव  युपी लामिछानेले जानकारी दिए। एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवा दौड धुप गरिरहेका छन्

प्रधानमन्त्री देउवा चाक्सीबारीमा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । शुक्रबार विहान प्रधानमन्त्री देउवा प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन चाक्सीबारी आएका हुन् । प्रकाशमान सिंहका प्रेस संयोजक युपी लामिछानेले प्रधानमन्त्री देउवा चाक्सीबारीमा रहेको बताए ।

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम लगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्। देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन्। आज बिहान प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ । साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री […]