काठमाण्डौ – नेपालीहरुले वैदेशिक रोजगारीको लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । पछिल्लो समय रोजगारीको लागि युरोपेली देश जाने क्रम दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्याँकले देखाएको छ । गएको आथिर्क वर्षमा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड लगायतका देशमा जाने नेपालीहरुको सङ्ख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याँक अनुसार नेपालीहरुले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्...