भारतको नयाँदिल्लीबाट रामायण सर्किट यात्रामा निस्किएको ‘भारत गौरव टुरिस्ट रेल’ बिहीबार अपराह्न जनकपुर आइपुगेको छ । करिब ५ सय धार्मिक पर्यटक बोकेको उक्त रेल जनकपुर आइपुग्दा भव्य स्वागत गरिएको थियो । भारतको रहनसहन, खानपान र संस्कृति झल्काउने गरी सजाइएको उक्त रेलमा आएका पर्यटकलाई जनकपुरस्थित रेलवे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र जनकपुरधाम उपमहानगर प्रमुख मनोज साहलगायतले स्वागत गरे ।