१४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरव पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो । भारत सरकारको महत्वाकांक्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिईएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशे