काठमाण्डौ उपत्यकामा एकै दिन झन्डै तीन हजार जनामा कोरोना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै झन्डै तीन हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाै उपत्यकामा थप दुई हजार नाै सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता कोरोना भाइरस सङ्क्रमणको 'हटस्पट' बन्दै गएको काठमाण्डाै उपत्यकामा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डाैमा दुई हजार चार सय चार जना, ललितपुरमा चार सय १९ जना र भक्तपुरमा एक सय ३३ ...

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा विश्वभर १९ लाखमा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा विश्वभर १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा सबैभन्दा धेरै जर्मनीमा २ लाख ६ हजार, रसियामा १ लाख ८० हजार र ब्रजिलमा १ लाख २२ हजार संक्रमित फेला परेका छन्।त्यस्तै, दक्षिण कोरियामा १ लाख ९ हजार, अमेरिकामा १ लाख १ हजार, फ्रान्समा ८२ हजार, टर्कीमा ९१ हजार जनामा संक्रमण भएको छ। हाल विश्वभर ६ करोड ९७ लाखभन्दा बढी सक्रिय संक्रमित छन्।यसैबीच पछिल्लो २४ घण्टामा १० हजार ९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १९ सय ३०, ब्राजिलमा ११ सय १४, रसियामा ७

भारतमा पछिल्लो २४ घण्टामा झण्डै एक लाख ८० हजार जनामा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस्तै पछिल्लो २४ घण्टामा एक सय  ४६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा अहिले सात  लाख २३ हजार ६ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा भारतको सङ्घीय राजधानी रहेको दिल्लीमा तीन सय जनाभन्दा बढी प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा दोस्रो लहर सुरु हुँदा ...

विश्वभर २४ घण्टामा २६ लाख जनामा कोरोना पुष्टि‚ छ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहको छ। पछिल्लो पटक अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ। फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख […]

भारतमा एक दिनमा २८ हजार जनामा कोरोना पुष्टि

काठमाडौँ – भारतमा थप २८ हजार जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण पष्टि भएको हो । यससँगै त्यहाँ कोरोनाका कुल संक्रमितको संख्या ३ करोड ४९ लाख १७ हजार ५९० जना पुगेको छ । तीमध्ये हालसम्म ३ करोड ४२ लाख ८४ हजार ५६१ जना निको भएका छन् […]

भारतमा थप ८ हजार जनामा कोरोना पुष्टि

काठमाडौँ – भारतमा थप ८ हजार ३७६ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४०५ जना कोरोनामुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ८०२ मा झरेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या २८ करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या २८ करोड नाघेको छ। पछिल्ले २४ घण्टामा झण्डै ४ लाख नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८ करोड ३ लाख पुगेको हो।पछिल्लोपटक सबैभन्दा धेरै अमेरिकामा ९५ हजार जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, फ्रान्समा २७ हजार ६००, इटलीमा २४ हजार ८००, रसियामा २३ हजार ७००, टर्कीमा २० हजार र भियतनाममा १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।यस्तै, उक्त अवधिमा कोरोना संक्रमणबाट विश्वभर झण्डै ३ हजार जनाको मृत्यु भएको छ। जसमध्ये रसियामा ९६८, भियतनाममा २०७, टर्कीमा १७३ र युक्रेनमा १

१६ हजार जनामा परीक्षण गर्दा ९६८ जनामा कोरोना पुष्टि

बितेको २४ घण्टामा १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना न

वीरगन्जका वडा नं. १ देखि १६ सम्मको क्षेत्र अत्यधिक जोखिमपूर्ण

काठमाडौं। वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आफ्नो नगरका वडा नं. १ देखि १६ सम्मको क्षेत्र कोरोना संक्रमणका दृष्टिले सबैभन्दा जोखिमपूर्ण रहेको बताएका छन्। कोरोनाको दोस्रो लहर सुरु भएपछि नगरमा लगभग एक हजार जनामा कोरोना पुष्टि र १७ जनाको मृत्यु भएको उनले बताए। बाहिरबाट आउनेलाई पीसीआर परीक्षण गरी आवश्यकताअनुसार आइसोलेसन र क्‍वारेनटाइनमा राख्ने व्यवस्था गरिएको छ।

भारत : एकैदिन १ लाख ६८ हजारमा कोरोना सङ्क्रमण, आईसीयू र भेन्टिलेटरको अभाव

काठमाण्डाै - भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड बनेको एनडी टीभीले जनाएको छ । हिजो पनि एक लाख ५२ हजार जनामा कोरोना पुष्टि भएको थियो । भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ । यस्तै हिजो मात्रै नौ सय चार जनाको ज्यान ...

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

२७ चैत, काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति […]