भारतमा थप ८ हजार जनामा कोरोना पुष्टि

काठमाडौँ – भारतमा थप ८ हजार ३७६ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४०५ जना कोरोनामुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ८०२ मा झरेको छ ।

सम्बन्धित सामग्री

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घट्यो

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ । हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ । गएको बिहीवार भारतमा तीन लाख ४७ हजार जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता लगातार घटेको हो । पाँच दिनमै कोरोना सङ्क्रमितको सङ्ख्यामा २७ दशमलव २० प्रतिशतले कमी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ...

विश्वमा एकै दिन ३० लाखमा कोरोना संक्रमण‚ भारतमा २ लाख ४१ हजार

पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ३० लाख कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दिन २६ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए।पछिल्लोपटक अमेरिकामा मात्रै ७ लाख १२ हजार जनामा कोरोना पुष्टि भएको छ। यस्तै‚ फ्रान्समा ३ लाख ६१ हजार‚ भारतमा २ लाख ४१ हजार‚ इटलीमा १ लाख ९६ हजार, स्पेनमा १ लाख ७९ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार, बेलायतमा १ लाख २९ हजार र अस्ट्रेलियामा १ लाख २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।यो अवधिमा विश्वभर साढे ७ हजार जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट

भारतमा पछिल्लो २४ घण्टामा झण्डै एक लाख ८० हजार जनामा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस्तै पछिल्लो २४ घण्टामा एक सय  ४६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा अहिले सात  लाख २३ हजार ६ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा भारतको सङ्घीय राजधानी रहेको दिल्लीमा तीन सय जनाभन्दा बढी प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा दोस्रो लहर सुरु हुँदा ...

विश्वभर २४ घण्टामा २६ लाख जनामा कोरोना पुष्टि‚ छ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहको छ। पछिल्लो पटक अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ। फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख […]

भारतमा एक दिनमा २८ हजार जनामा कोरोना पुष्टि

काठमाडौँ – भारतमा थप २८ हजार जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण पष्टि भएको हो । यससँगै त्यहाँ कोरोनाका कुल संक्रमितको संख्या ३ करोड ४९ लाख १७ हजार ५९० जना पुगेको छ । तीमध्ये हालसम्म ३ करोड ४२ लाख ८४ हजार ५६१ जना निको भएका छन् […]

भारतमा एकैदिन चार लाखमा कोरोना सङ्क्रमण, तीन हजार चार सय जनाको ज्यान गयो

काठमाण्डाै - भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ । महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ । यस्तै हिजो तीन हजार चार सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार सात सय नाघेको छ । यसैबीच भारतले कोरोना ...

भारत : एकैदिन १ लाख ६८ हजारमा कोरोना सङ्क्रमण, आईसीयू र भेन्टिलेटरको अभाव

काठमाण्डाै - भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड बनेको एनडी टीभीले जनाएको छ । हिजो पनि एक लाख ५२ हजार जनामा कोरोना पुष्टि भएको थियो । भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ । यस्तै हिजो मात्रै नौ सय चार जनाको ज्यान ...

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

२७ चैत, काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति […]

भारतमा एकै दिन ९० हजारमा कोरोना पुष्टि‚ ७ हजार ८१३ जनाको मृत्यु

छिमेकी देश भारतमा एकै दिन करिब ९० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ८९ हजार १९ जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा भारतमा ७ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय पुनः उच्च दरमा संक्रमित फेला पर्न थालेपछि भारतीय अधिकारीहरुले चिन्ता प्रकट गर्दै सुरक्षित रहन आग्रह गरेका छन्। यस्तै‚ ब्राजिलमा एकै दिन ६९ हजार ६६२ जना संक्रमित थपिँदा २ हराज ८०७ जना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा अमेरिकामा करिब ६७ हजार संक्रमित थपिँदा ९१२ जनाको मृत्यु भएको छ। यसैगरी फ्रा...

भारतमा ७७ हजार कोरोना संक्रमित थपिए, एक हजार बढीको मृत्यु

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एजेन्सीहरुका अनुसार ७६ हजार ८२६ जनामा कोरोना पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो। योसहित भारतमा कुल संक्रमितको संख्या ३३ लाख ८४ नाघेको छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६१ ह...