भारत : एकैदिन १ लाख ६८ हजारमा कोरोना सङ्क्रमण, आईसीयू र भेन्टिलेटरको अभाव

काठमाण्डाै - भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड बनेको एनडी टीभीले जनाएको छ । हिजो पनि एक लाख ५२ हजार जनामा कोरोना पुष्टि भएको थियो । भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ । यस्तै हिजो मात्रै नौ सय चार जनाको ज्यान ...

सम्बन्धित सामग्री

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण

पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोेभिड सम्र्पक व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने […]

कोरोना सङ्क्रमण बढेसँगै सीमामा कडाइ

काठमाडौँ – दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ । भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए। सिमानाका पुलघाटमा भारत फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सूचना अधिकारी […]

कोरोना सङ्क्रमण फैलिन नदिन जमुनाह नाकामा कडाइ

कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए। कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बतए। अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारत

छिमेकी देशमा कोरोना सङ्क्रमण बढेकोले नेपालमा सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाण्डाै – विश्वका विभिन्न देशसहित छिमेकी देशमा कोरोना सङ्क्रमण बढेको भन्दै सरकारले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर नेपालमा अहिले सङ्क्रमण कम हुँदै गए पनि विश्वव्यापीरूपमा र छिमेकी देश भारत तथा चीनमा समेत नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको बताएको छ । छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको उल्लेख गरेको ...

भारतमा फेरि बढ्यो कोरोना सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरुको सङ्ख्यामा उल्लेखनीय कमी आएको  छैन ।  बुधबार मध्यरातसम्मको विवरणलाई समावेश गरेर कोरियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचनामा ७२ हजार पाँच सय ४६ जना नयाँ सङ्क्रमित थपिएका जनाइएको छ  ।मङ्गलबार मध्यरातसम्म कोरियामा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका थिए । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको कूल सङ

भारत, पाकिस्तान र मलेसियामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै

काठमाडौँ- भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको पाइएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जनाको मृत्यु भएको छ । यसैसँग कोरोना शुरु भएबाट हाालसम्म पाँच लाख २७ हजार सात […]

भारतबाट फर्किएका ४२ मा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक/एक रहेका छन् । तीमध्ये भारतबाट फर्किएका ४२ मा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको

भारतीय पर्यटकमा कोरोना देखिएपछि नेपाल प्रवेश गर्न रोक

सुदूरपश्चिममा भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आएका चारजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमण देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ । …

भारतका रक्षामन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि

भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सिंहले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मलाई हल्का लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएको छ । म घरमै क्वारेन्टिनमा रहेछु । मेरो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गर्न आग्रह गर्दछु ।'

भारतबाट फर्केको तीन दिनपछि पूर्वराजा शाह दम्पतिमा देखियो कोरोना सङ्क्रमण

काठमाडौं। भारत भ्रमणबाट स्वदेश फर्किएको तीन दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। वैशाख ५ गते स्वदेश फर्किएका पूर्वराजा शाहले सोमबार पीसीआर परीक्षण गराएका थिए। आज कोरोना पोजिटिभको रिपोर्ट आएको पूर्वराजा शाहको निजी सचिवालयले जनाएको छ।