बितेको २४ घण्टामा १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना न