नेपाल काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो ।एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’पौडेलले सो घोषणा गर्दैगर्दा ‘यसको आधार के छ ?’ भनेर प्रश्न गरिएको