आरबिबि म्युचुअल फण्ड १ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

आरबिबि म्युचुअल फण्ड १ को इकाई खरिदका लागि आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन हो। आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असार २३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याइएको हो। उक्त फण्डमा न्...

सम्बन्धित सामग्री

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । वैशाख ६ गतेदेखि सार्वजनिक निष्कासन गरिएको सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (Citizens Super 30 Mutual Fund)को इकाई खरीद गर्ने आज अन्तिम दिन रहेको छ । सिटिजन्स म्युचुअल फण्ड (Citizens mutual fund) अन्तर्गत सञ्चालन हुने लागेको यस योजना सञ्चालनका लागि प्रति इकाई १० रूपैयाँ दरको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो । यस योजना सञ्चालनका लागि योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरेको छ ।  छिटो अवधि वैशाख १० गतेसम्म मागबमोजिम आवेदन नपरेपछि क्यापिटलले ढिलो अवधि वैशाख २० गतेसम्मको विक्री अवधि तय गरेको हो । लगानीकर्ताले यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । बन्दमुखी प्रकृतिको यस योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्षमा परिपक्क हुनेछ । यस योजनाका लगानीकर्तालाई योजना परिपक्क पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । योजना व्यवस्थापकसँगै इकाई विक्री प्रबन्धकको जिम्मेवारीसमेत सिटिजन्स क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनको प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

१०० प्रतिशत लाभांश दिएको ग्लोबलको नयाँ म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

ग्लोबल आईएमई क्यापिटलको  ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ नामको सामुहिक लगानी कोष योजनाको इकाईहरुमा आवेदन म्दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ। आज बुधबार  बैकिङ समय पश्चात यस योजना  निष्कासन तथा बिक्री बन्द हुने  छ । यो योजना १ अर्ब २० करोड आकारको बन्दमुखी प्रकृतिको योजना हो ।  क्यापिटलले योजनाको  प्रति इकाई १० रुपैयाँ अंकित दरका १२ करोड इकाई निष्काशन गरेको हो । १२ करोड इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई १.५० प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित राखीएको छ । बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्बसाधारणले  आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि आवेदन दिन सकिने छ । यो योजना ग्लोबल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने छ । यो १० वर्षे अवधिको बन्दमुखी योजना योजना हो ।  हाल क्यापिटलले ग्लोबल आईएमई सम्मुनत स्किम १ नामको म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ । उक्त योजनाले गत वर्ष १०० प्रतिशत लाभांश दिएको थियो ।

नबिल ब्यालेन्स फण्ड-३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

भदौ २९, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स फण्ड-३ को इकाईमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । सोमवारसम्म १० करोड ७६ लाख ५३ हजार ८५० इकाईका लागि आवेदन परेको छ । सोमवार ११ बजे सम्ममा ९५ हजार २०५ जना आवेदकबाट उक्त इकाईका लागि आवेदन परेको नबिल इन्भेष्टमेण्ट बैंकिङले जानकारी गराएको हो । आवेदकले मंगलवार बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।  फण्डले भदौ २५ गतेदेखि १० करोड इकाई विक्रीमा ल्याएको हो ।  फण्डले प्रतिइकाई रू. १० का दरले रू. १ अर्ब बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । निष्कासन गरिने इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरेको छ ।  त्यसैगरी, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सुरक्षित गरेको र बाँकी रहेको ८ करोड ५० लाख इकाई लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । यस फण्डमो न्यूनतम १०० इकाईको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १ करोड इकाईको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो एक बन्दमुखी योजन हो । १० वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्ड योजनामा कति पर्यो आवेदन ?

एनएमबि क्यापिटल NMB Capital  को पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनामा  ६७ करोड बढीको आवेदन परेको छ  । यस निष्काशनमा आवेदन दिने आज अन्तिम दिन सोमबार साँझसम्ममा ९९ हजार ७ सय ९ जना आवेदकबाट ६ करोड ७९ लाख ५६ हजार ४ सय ३० इकाईको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनएबि क्यापिटलले जनाएको छ  ।आवेदन फेरिफाई हुने क्रम मै रहेकोले यो संख्या घटबढ हुन सक्ने क्यापिटलले जनाएको छ ।  क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई  नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो ।क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको हो । ४ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात् १ करोड ४० लाख इकैई कोष प्रबर्दक एनएमबि बैंकको लागि तथा १ प्रतिशत अर्थात् १० लाख इकाई योजना ब्यबस्थापक एमएमबि क्यापिटलको लागि छुट्याईएको थियो । बाँकि रहेको २ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई साउन २२ गते योजना संचालनको लागि अनुमति दिएको थियो ।

मेगा म्युचुअल फण्ड–१ को इकाई खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

भदौ १०, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको मेगा म्युचुअल फण्ड–१ को इकाई खरीदका लागि आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने यस फण्डको प्रतिइकाई रू. १० अंकित मूल्यमा रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गरेको हो ।  फण्डको कुल इकाई मध्यबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।  फण्डको इकाई खरीदका लागि भदौ ९ गते बुधवार साँझ ५ बजेसम्म १ लाख ३४ हजार ७६० जना आवेदकहरुबाट १४ करोड ६४ लाख ११ हजार ८०० कित्ताको माग भएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि भदौ १० गतेसम्म मात्र कोषले इकाई विक्री खुला गर्न लागेको हो । यस अवधिसम्म माग बमोजिम आवेदन परेको खण्डमा भने ढिलोमा भदौ १८ गतेसम्मको मिति तय गरिएको थियो ।  १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

आरबीबी म्युचुअल फण्ड १ मा लगानी गर्ने आज अन्तिम दिन

राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । गत असार २३ गतेदेखि खुलेको बैंकको प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई बराबरको म्युचुअल फण्डमा मागे भन्दा पनि बढि आवेदन परेकाले सूचना अनुसार आज आवेदन बन्द गर्न लागिएको बैंकले जनाएको हो ।कुल १० करोड इकाई बराबरको म्युचुअल फण्ड मध्ये बैंकले बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि ग

आरविवि म्युचुअल फण्डको इकाईमा आवेदन गर्ने आज अन्तिम दिन

असार २७, काठमाडौं । आरविवि म्युचुअल फण्ड १ ले निष्कासन गरेको इकाईमा आवेदन गर्ने अन्तिम दिन आज (आइतवार) बैंकिङ समयसम्म रहेको छ । फण्डले असार २३ गतेदेखि १० करोड इकाई विक्री खुला गरेको हो ।  आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड अन्तर्गत सञ्चालन हुने गरी आरविवि म्युचुअल फण्ड १ ले उक्त इकाई विक्री गर्न लागेको हो । फण्डले प्रतिइकाई रू. १० अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।  निष्कासन गरिने कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई र इकाई योजना व्यवस्थापक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बााँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री गरेको हो ।  यस फण्डमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाउनेछन् । असार २७ गतेसम्म इकाई विक्री नभएमा साउन ६ गतेसम्म आवेदन म्याद थप हुनेछ । यो एक बन्दमुखी योजना हो ।   ७ वर्ष अवधिको यस फण्डको इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा सेवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।

प्रभु सेलेक्ट फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

जेठ ९, काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेक्लेक्ट फण्डको इकाइमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ ।   कम्पनीले जेठ ५ गतेदेखि १० करोड इकाई विक्री खुला गरेको छ । यस फण्डले प्रतिइकाई रू. १० अंकित दरको कुल इकाईमध्ये ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन गरेको हो ।  कुल इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकका लागि र १० लाख कित्ता योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखेको छ ।  यो इकाई खरीदका आइतवार बैंकिङ समयसम्म न्यूनतम १०० इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईसम्मका लागि आवेदन गर्न सकिनेछ । इकाइ खरीद गर्ने ढिलो अवधि जेठ १५ गतेसम्म रहेपनि माग गरेभन्दा बढी इकाइ खरीदका लागि आवेदन परेकाले छिटो अवधिमै विक्री बन्द गरेको कम्पनीले जनकारी दिएको छ ।   इकाई निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।  प्रभु क्यापिटलले यो इकाई विक्रीका लागि धितोपत्र बोर्डबाट वैशाख १३ गते अनुमति पाएको थियो । बन्दमुखी यस योजनाको अवधि ७ वर्षको रहेको छ । योजना परिपक्व भए पश्चात योजनाको कुल सम्पत्तिलाई नगदमा परिणत गरी इकाई धनीहरुलाई समानुपातिक हिसाबमा प्रचलित कानून बमोजिम बाँडफाँट गरिनेछ ।