सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । वैशाख ६ गतेदेखि सार्वजनिक निष्कासन गरिएको सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (Citizens Super 30 Mutual Fund)को इकाई खरीद गर्ने आज अन्तिम दिन रहेको छ । सिटिजन्स म्युचुअल फण्ड (Citizens mutual fund) अन्तर्गत सञ्चालन हुने लागेको यस योजना सञ्चालनका लागि प्रति इकाई १० रूपैयाँ दरको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो । यस योजना सञ्चालनका लागि योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरेको छ ।  छिटो अवधि वैशाख १० गतेसम्म मागबमोजिम आवेदन नपरेपछि क्यापिटलले ढिलो अवधि वैशाख २० गतेसम्मको विक्री अवधि तय गरेको हो । लगानीकर्ताले यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । बन्दमुखी प्रकृतिको यस योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्षमा परिपक्क हुनेछ । यस योजनाका लगानीकर्तालाई योजना परिपक्क पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । योजना व्यवस्थापकसँगै इकाई विक्री प्रबन्धकको जिम्मेवारीसमेत सिटिजन्स क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनको प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

बाराहीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ। बाँकी […]

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स् हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बन्दसूची पेस गर्ने आज अन्तिम दिन, प्रमुख दलहरू आयोग जाँदै

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन प्रमुख दलरूले बुझाउँदै छन् ।

इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

मन्दाकिनी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

साउन ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको मन्दाकिनी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन हाे ।

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

श्वेत गंगा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले जारी गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

जनगणनाको आज अन्तिम दिन

काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गरिरहेका छन् । यसक्रममा आफ्ना घर(घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ […]

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कात्तिक, काठमाडौं । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ती कम्पनीको शेयर खरीद गरी शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी […]