१०० प्रतिशत लाभांश दिएको ग्लोबलको नयाँ म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

ग्लोबल आईएमई क्यापिटलको  ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ नामको सामुहिक लगानी कोष योजनाको इकाईहरुमा आवेदन म्दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ। आज बुधबार  बैकिङ समय पश्चात यस योजना  निष्कासन तथा बिक्री बन्द हुने  छ । यो योजना १ अर्ब २० करोड आकारको बन्दमुखी प्रकृतिको योजना हो ।  क्यापिटलले योजनाको  प्रति इकाई १० रुपैयाँ अंकित दरका १२ करोड इकाई निष्काशन गरेको हो । १२ करोड इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई १.५० प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित राखीएको छ । बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्बसाधारणले  आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि आवेदन दिन सकिने छ । यो योजना ग्लोबल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने छ । यो १० वर्षे अवधिको बन्दमुखी योजना योजना हो ।  हाल क्यापिटलले ग्लोबल आईएमई सम्मुनत स्किम १ नामको म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ । उक्त योजनाले गत वर्ष १०० प्रतिशत लाभांश दिएको थियो ।