अमेरिका र रुस बिचको अन्तरविरोध नयाँ होइन । यो तात्कालीन सोभियत समाजवादी जनगणतन्त्र संघ अस्तित्वमा रहँदादेखि नै जारी विवाद हो । अर्थात् यो पुँजीवादी र समाजवादी धुरी बिचको लडाई थियो । यस अतिरिक्त यो विश्व महाशक्ति राष्ट्र वन्ने होडवाजीद्वारा निर्देशित थियो । यद्यपि इतिहासको विभिन्न कालखण्डमा उनीहरु बिचको सम्वन्धले कहिले आक्रमक र रक्षात्मक मोड लिदै आएको देखिन्छ ।पछिल्लो समय रुस र अमेरिका बिचको अन्तरविरोध उत्कर्षमा पुगेको छ । युक्रेनले अमेरिकासँग सम्वन्ध बढाउन खोजेसँगै रुसले युक्रेनमा हमला गर्नु यही