बागमती प्रदेश सरकारको बजेट माथिको छलफल सकिएको छ । गत असार १२ गतेदेखि सुरु भएको प्रदेशसभाको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयकमाथि छलफल भएको थियो ।प्रदेशसभाको आज बुधबारको बैठकमा सरकारको विनियोजन विद्येयक माथि सांसदहरुले उठाएको प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिएका थिए । आजको बैठकमा सांसदहरुले मन्त्रालयको विषयगत शीर्षकहरुमाथि उठाएको प्रश्नहरुको विभागीय मन्त्रीहरुसहित मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए ।बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद