बागमती प्रदेशसभाको बैठक भोलि मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट माथि छलफलका लागि आज अपराह्न ४ बजे बसेको बैठकमा प्रदेशसभाका ११ जना सदस्यहरुले भाग लिएका छन् । बैठकमा नेपाली सत्तापक्ष दल नेकपा एमालेका ६ जना, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका १ जना, नेपाली काँग्रेसका २ जना, नेमकिपाका १ र विवेकशील साझा पार्टीका १ जना सांसदले बजेट माथिको छलफलमा आफ्नो धारण राखेका थिए ।बैठकमा बागमती प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान मा