हेटौंडा : बागमती प्रदेशसभा बैठक जेठ १७ बिहीबार बस्ने भएको छ। असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर स्थगित भएको प्रदेशसभा बैठक १७ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको हो। प्रदेशसभाका उपसचिव विनोद अमात्यले बुधबार बस्ने कार्यव्यवस्था परामर्श समितिले बैठकको कार्यसूची तय गर्ने जानकारी दिए।संसदमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गरेको हुँदा बजेटमाथि छलफल हुने उनको भनाइ छ। बजेट सार्वजनिक गरेको दुई सातासम्म पनि संसद बैठक बोलाउन नसकेको भन्दै