नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले आफूमाथि अन्तरघातको चार्ज रहेको बताएका छन् । स्थानीय तह निर्वाचनमा मधेसमा नेताहरुबीचको अन्तरद्वन्द्वले कमजोर नतिजा आएको टीकाटिप्पणीका बीच मातृकाले यस्तो बताएका हुन् ।सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै मातृकाले आफू अन्तरघातको लिस्टमा परेको भन्दै आफूमाथि नबुझिकन चार्च लगाइएको गुनासो गरे । ‘अन्तरघातको चार्ज मलाई पनि लागेको छ’, उनले भने, ‘ मपनि अन्तरघातकै लिस्टमा छु ।’ यसअघि आइतबारको केन्द्रीय समिति बैठकमा प्रदेशको रिपोर्टिङ गर्ने