ए साइँली लाग्यो बाडुली सम्झ्यौ कि क्या हो तिमीले। झर्यौ कि हाटबजार पर्यौ अभर साइँली कि भुल्यौ मलाई तिमीले। हिउँपहिरोमा पर्यौ कि त भुइँ कुहिरोले बाटो छेक्यो। डालीभरि फूल फुल्दा, मनले तिम्रै रूप देख्यो।...
सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको रचनामा म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाडुली’ नामक म्युजिक भिडियोमा माया र प्रेम सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ । यस अघि सापकोटाको रचनामा गीत, सङ्गीत र म्युजिक भिडियो सार्वजनिक भएका छन् । बाडुली नामक म्युजिक भिडियोमा अभिनय सरिता सापकोटा र हरिश बिज्लाजीले गर्नु भएको छ । सापकोटाकै रचनामा तयार […]
‘कस्तो बाडुली लाग्यो, कसैले सम्झियो कि क्या हो ।’ यसको भनाइ हरकोहीको सुनिन्छ । बाडुली लागेपछि रोक्नका लागि धेरै जुक्ति लगाइन्छ । कोही पानी पिएर ठीक पार्न खोज्छन् त कोही अन्य उपाय अपनाउन थाल्छन् । कसैलाई बाडुली लागेपछि केही छिनमा रोकिन्छ भने कसैलाई अलि लामै समय लागिरहन्छ । बाडुली नरोकिंदा कतिपय ठाउँमा असहज महसुस पनि […]
अभिव्यक्तिको मौलिक शैली र शब्द छनोट पनि अत्यन्त रोचक लाग्यो मलाई । ’मेरो गणितले अलि धर्म छोडेकाले,’ ’समय घोडालाई पछाडि दौडाएर छोरीभन्दा कान्छी हुने लालच ममा उम्रियो,’ ’मेरो मनाले गुलिया लड्डू खान्छ,’ – यसप्रकारको शैली भनुँ वा अभिव्यक्ति भनुँ, ले गर्दा पढ्नमा अत्यन्त आनन्द आयो। कतैकतै तिनै उपमाहरूले बडा मिठो हास्यरस पनि थपेको देखें। “तिम्रो बुहारीको सिङ पनि छ ?’ लाटोबुङ्गोको कथा याद आयो,’ ’दाँत नभएको मान्छेको हातमा उखुको टुक्रा जस्तो,’ ’माइजूका दाजुको साला जत्तिको नातेदार पनि नभएपछि’ जस्ता वाक्यहरूले पढ्दापढ्दै एकछिन रोकिएर हाँस्न बाध्य गराए।