लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार सबैभन्दा ठुलो सामाजिक रोग बनेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुझाएको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भ्रष्टाचार निर्मुल पार्न जन्मकैद जस्तै कडा कानुन बनाउनुपर्ने बताए ।प्रदेश प्रमुख शेरचनले नेपालीहरुले विदेशमा दुःख पाएर कमाएको रकमबाट तिरेको करमा भ्रष्टाचार गर्नु जघन्य अपराध भएको बताए । भ्रष्टाचारकै कारण ठुला आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको उनको भनाइ छ ।आयोगका बुटवल कार्यालय प्रमुख योगेन्द्र प्रसाद पाण