पर्वत : करारमा राखिएका कर्मचारीहरूको विषयमा विवाद उत्पन्न भएपछि जिल्लाको जलजला गाउँपालिकाका आर्थिक कार्यहरू स्थगित अवस्थामा रहेका छन्।विगत पाँच वर्षदेखि वा त्यसयता भर्ना गरिएका करारका कर्मचारी सबैलाई निकाल्नुपर्ने भन्दै नेकपा एमालेसँग सम्बद्ध कार्यपालिका सदस्यहरूले असार १० मा सम्पन्न भएको बाह्रौँ अधिवेशनयता समस्या निकालिरहेको गाउँपालिकाले विज्ञप्ति निकालेर बताएको छ।कानुनले परिकल्पना नगरेको प्रतिपक्षको भूमिकामा उत्रिँदै लामो समयसम्म बैठकको छलफलमा सहभागी भएता पनि उपस्थितिमा समेत दस्