सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारी हटाएपछि एमालेले विरोध गरेको छ। नेकपा (एमाले) ठाटीकाँध गाउँपालिका कमिटीले बिहीबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो। एमालेले ठाटीकाँध गाउँपालिकाले राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै आरोप लगाएको छ। गत असार २८ गते ठाटीकाँध गाउँपालिकाले एक सूचना जारी गर्दै विगतको सरकारले स्थानीय तहमा कर्मचारी अभावमा […]