दैलेखको डुंगेश्वर गाउँपालिकामा करारमा कार्यरत कर्मचारीलाई हटाएको विरोधमा तालाबन्दी गरिएको छ । पालिकामा कार्यरत कर्मचारीको म्याद थप गर्नुपर्ने माग गर्दै हटाइएका कर्मचारीहरुले तालाबन्दी गरेका हुन् । करार कर्मचारी हटाउने निर्णय सच्याउनुपर्ने माग उनीहरुको छ । गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले आफू काठमाडौँबाट सुर्खेत फर्किँदै गरेको र पालिकामा तालबन्दी भएको खबर प्राप्त गरेको रातोपाटीलाई बताए । उनले भने, ‘हामीले करार सम्झौता नगर्ने भनेका थियौँ । उनीहरुले ज्ञापन पत्र बुझाउने भनेका थिए ।