काठमाडौंः देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति शासन र संकटकाल लागु गर्ने सम्भावना बढेको आशंका व्यक्त गरेका छन्। पुस ५ मा प्रतिनिधिसभा विघटन भइसकेपछि राष्ट्रपति शासन र संकटकाल लाग्ने चर्चा बढेको उल्लेख गर्दै उनले पछिल्ला घट्नाक्रमले त्यसको पुष्टि गर्दै गएको दाबी गरेका हुन्।रिपोर्टर्स क्लबले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले नेकपाले जनतामाथि कुठराघात गरेको पनि बताए। 'ओलीले