काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले एमसिसीका कारण सत्तारूढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन्।पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता गजुरेलले एमसिसीका कारण सत्तारूढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताए।उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दाबीसमेत गरे। नेता गजुरेलले मुलुकको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था