नेपाली कांग्रेसमा चार दशकभन्दा लामो समय आबद्ध रहेका झापा कनकाईका बासिन्दा शेरबहादुर थापाले कनकाई नगरपालिकाको मेयर पदका लागि निकै लामै कसरत गरेका थिए।कोभिड सङ्क्रमणका बेला होस् वा अन्य कुनै विपद्का बेला, उनले कनकाईबासीका लागि सहयोगका धेरै काम गरेको नेपाली कांग्रेसका कार्यकर्ता बताउँछन्।जब स्थानीय तहको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने दिन आयो, उनले टिकट पाएनन्। पार्टीको प्रदेश समितिको बैठकसम्म टिकटका लागि उनी धाए। तर पार्टीले उनलाई टिकट नदिएपछि मध्यरातमा सामाजिक सञ्जालमा जसरी पनि मेयर पदममा उठ्ने उल्लेख गरे।चुनाव प्रचारका बेलामा कांग्रेसका नेता तथा कार्यकर्ताले एउटा निचोड निकाले।'शेरबहादुरले आफू त जित्दैनन्। तर कांग्रेसको मत चाहिँ प्रशस्तै काट्छन्'जब मतगणनाको नतिजा आयो, त्यस्तै देखियो।कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाको ६ हजार ६ सय ६१ मत आएको थियो। थापाले ५ हजार ६ सय ९१ मत पाए। दुवैजनाको मत जोड्दा कांग्रेस जितको सम्भावना धेरै देखिएको कार्यकर्ता बताउँछन्।बागी उम्मेद्वारको जितझापा गाउँपालिका ३ मा वडाध्यक्षमा कांग्रेसकै 'बागी' उम्मेदवार सुवासलाल गणेश वडाध्यक्षमा निर्वाचित भएका छन्। वर्षौँदेखि कांग्रेसमा आस्था राखेर पनि वडाध्यक्षको उम्मेदवारी दिन उनले पार्टीबाट नपाएपछि उनले आफ्नै तरिकाले उम्मेदवारी दिए, निर्वाचित पनि भए।झापाको बाह्रदशी गाउँपालिका वडा नं ४ मा पनि कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन्। कांग्रेसका पुराना क्रियाशील सदस्य महताव आलमले पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए।उनले प्यानल नै खडा गरेर चुनावमा भिडेका थिए। उनको प्यानलका सबै उम्मेदवार विजयी भएका छन्। सर्लाहीका चन्द्रनगर गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट टिकट नपाएपछि आफैँ उम्मेदवारी दिएका राजीवसिंह दनुवार विजयी बने।उनी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि पनि थिए। उनी मात्र होइन उनका बुवा पनि नेपाली कांग्रेसमै आस्था राख्थे।महोत्तरीको बर्दिबासमा जसले मेयर जितेप्रदेश २ को महोत्तरीको बर्दिबास नगरपालिकामा मनोनयन दर्ता गर्ने दिन नै मेयर पदका आकाङ्क्षी प्रह्लादकुमार क्षेत्रीलाई पार्टीको आधिकारिक उम्मेदवारी दर्ता गर्न नेपाली कांग्रेसले वञ्चित गरायोतर उनले मनोनयन दर्ता गराए, चुनाव लडे। अन्ततः चुनाव जितेरै छाडे।उनले प्यानल नै बनाएर चुनाव लडेका थिए।उनकै प्यानलमा रहेकी उपमेयरकी उम्मेदवार तारादेवीले जितिन्।एमाले र माओवादी केन्द्रका पनि बागीरुकुमको त्रिवेणी गाउँपालिका १ मा माओवादी केन्द्रका एकजना कार्यकर्ता सुन्दर ओली सोही वडाको वडाध्यक्षको आकाङ्क्षी थिए।उनलाई माओवादी केन्द्रले टिकट नदिएपछि उनले आफैँ उम्मेदवारी दिए।अन्ततः वडाध्यक्षमा उनी निर्वाचित पनि भए।गौरादह झापामा दिलिप भण्डारी वार्डाध्यक्षमा निर्वाचित भएका थिए झापाको गौरादह नगरपालिकामा दिलिप भण्डारी वार्डाध्यक्षमा निर्वाचित भए उनले माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई पराजित गरे।सिराहाको गोलबजार नगरपालिकाको मेयर पदका लागि माओवादी केन्द्रका रामचन्द्र महतोले इच्छा जाहेर गरेका थिए। तर उनलाई उनको पार्टीले टिकट दिएन। उनले आफैँ मेयर पदका लागि उम्मेदवारी दर्ता गराए।उनीलगायत धेरै कार्यकर्तालाई माओवादी केन्द्रले कारबाही पनि गर्यो। झापाको गौरादह नगरपालिका वडा नं ३ मा नेकपा एमालेका पुराना कार्यकर्ता दिलीप भण्डारीले वडाध्यक्षका लागि इच्छा व्यक्त गरेका थिए।तर पार्टीले टिकट नदिएपछि आफैँ उम्मेदवारी दिए, वडाध्यक्षमा निर्वाचित पनि भए।उनले एमालेका गजेन्द्रप्रसाद घिमिरेलाई दोबर मतान्तरले पराजित गरे।चर्चाको केन्द्रमा रहेका बागी उम्मेदवारभरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिनेबेला र दिएपछि आफ्ना 'बागी' उम्मेदवार जगन्नाथ पौडेललाई मनोनयन फिर्ता गराउने विषयमा नेपाली कांग्रेसको शीर्ष नेतृत्व असफल भयो।दुई सङ्घीय सरकारका मन्त्री उमेश श्रेष्ठ र बालकृष्ण खाँण पनि उनलाई फकाउन चितवन गए तर सकेनन्।अन्ततः उनी चुनाव लडे। जित-हार आफ्नो ठाउँमा भए पनि पौडेलको उम्मेदवारीले भरतपुर महानगरको मेयरमा रेनु दाहाललाई जिताउने गठबन्धनको आकाङ्क्षामा असर पार्नसक्ने ठानिएको थियो।भरतपुर महानगरपालिकाको मेयर पदका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल आफू बागी नभएर कांग्रेसको आधिकारिक उम्मेदवार भएको दाबी गर्छन्।उनी भन्छन्, 'कांग्रेसको कुनै सिद्धान्तमा अर्को पार्टीको चुनाव चिह्नमा मत हाल्न दिँदैन। दलका शीर्ष नेताले अझै कार्यकर्ता चिनेनन्। त्यसैले कांग्रेसको आधिकारिक उम्मेदवार म हुँ।'विद्रोहको कारण केमत परिणाम सार्वजनिक भइरहँदा 'बागी' उम्मेदवारहरूले पनि जितेका विवरणहरू आइरहेका छन्।कतिपय स्थानमा बागी उम्मेदवारले 'सम्मानजनक' मत पाएका बताइन्छ।झापाको कनकाई नगरपालिकाका लागि मेयर पदका कांग्रेसकै बागी उम्मेदवार शेरबहादुर थापाले दलमा व्याप्त भ्रस्टाचारका कारण बागी उम्मेदवारको सङ्ख्या बढेको बताउँछन्।उनी भन्छन्, 'खान पाउँदा कुनै दल हेर्दैनन्। सबै मिलेर खान्छन्। चुनावमा पनि त्यस्तै परिस्थिति देखिएको छ। यो दलभित्रको भ्रस्टाचारको विद्रोह हो।'झापा गौरादह ३ का नवनिर्वाचित वडाध्यक्ष तथा एमालेका बागी उम्मेदवार दिलीप भण्डारीले पार्टीले कार्यकर्ताको सही पहिचान गर्न नसकेकाले आफूलगायत वडावासीले नै विद्रोह गरेको बताए।उनले भने, 'पछिल्लो समयमा पार्टीको राजनीति स्वार्थ केन्द्रित रह्यो। त्यही कारण मलगायत वडावासीले विद्रोह गर्यौँ। सफल पनि भयौँ।' -बिबिसीबाट