लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको बताउँदै यसविरुद्ध पत्रकार महिलाहरु अभियानका रुपमा लाग्नुपर्ने बताएका छन् । संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै शेरचनले समाजमा भएका लैंगिक हिंसा र असमानता विरुद्ध निरन्तर समाचार लेख्न सञ्चारकर्मीलाई सुझाब दिए ।पत्रकार महिलाले फरक खालका समस्या भोग्नुपर्ने र व्यवसायमा निरन्तरता दिन समस्या पर्ने भएकाले उनीहरुको सीप र क्षमता विकासमा राज्यले लगानी गर्नुपर्ने पनि