तिहारले गुलजार असन र न्यूरोड

लक्ष्मी पूजाको पूर्वसन्ध्यामा मुख्य व्यापारिक क्षेत्रमा चहलपहल उच्च भएको छ। असन, न्यूरोडलगायतका क्षेत्रमा किनमेलका लागि सर्वसाधरणको भीड लागेको छ। लक्ष्मी पूजाको पूर्वसन्ध्यामा विद्युतीय सामाग्री, तिहारका लागि मसला, टोपी, फूल तथा रंग पसलहरुमा किनमेलको भीड देखिएको छ।  तस्विरहरु   

सम्बन्धित सामग्री

तिहारमा घरलाई झिलिमिली बनाउन बत्ती किन्नेको भीड, आयात घट्दा पोहोरभन्दा महङ्गो

काठमाडौं: तिहार संघारमा बजार झिलिमिली बत्तीले सजिन थालेका छन्। दरबारमार्ग, न्यूरोड, असन लगायतका स्थानहरु बत्तीले झिलिमिली भएका छन्। लक्ष्मी पूजामा घरघरमा दियो र बत्ती बालेर लक्ष्मीको पूजा गर्ने गरिन्छ। त्यसैका लागि अहिले बजारमा तिहारका लागि भाइ मसलासहित लक्ष्मी पूजाका लागि बत्ती किन्नेको भीड लागेको छ। महाबौद्ध, असन लगायतका क्षेत्रका विद्युतीय उपकरण बिक्री…

तिहारको झकिझकाउ बजार (फोटो फिचर)

२ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौं उपत्यका लगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लाग्न थालेको छ । विभिन्न सहरका मुख्य व्यापारिक क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने सरसामान खरिद गर्नका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ । प्रायः सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, […]

जमल–असन–इन्द्रचोकको तिहार रौनक

काठमाडौँ– नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा बजारमा रौनक बढेको छ । काठमाडौँको निकै व्यस्त हुने असन, भोटाहिटी, जमल, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरूमा क्रेता र बिक्रेताको ठेलमठेल भीड लागेको छ । सडक तिहारका सामान र लुगाकपडा बेच्ने व्यापारीहरूले छपक्कै ढाकेका छन् । बुधबार अपरान रानीपोखरीको आकाशे पुलबाट भोटाहिटी छिचोल्दै असन पुग्न अस्वाभाविक रूपमा लामो समय लाग्यो […]

काठमाडौंमा बढ्दै तिहारको रौनक (फोटो फिचर)

तिहार नजिकिनै लाग्दा काठमाडौको असनमा किनमेल गर्नेहरुको भीड बढ्न थालेको छ। व्यवसायीहरुले तिहारको लागि आवश्यक पर्ने सामग्रीहरु ल्याएसँगै असन तथा न्यूरोड क्षेत्रमा किनमेल गर्नेहरुको भीडभाड बढेको हो। तिहारमा बत्ती, दियो, पाला,...

तिहार नजिकिएसँगै भाइमसलाको व्यापार बढ्यो

काठमाडौं । तिहार शुरू हुन १ हप्ता बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार ह्वात्तै बढेको छ । व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष काजु, बदाम, पेस्ता, नरिवल, ओखर, छोकडालगायत मसलाको व्यापार करीब १० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तिहारमा कोरोना महामारीको त्रास धेरै भएकाले यसको व्यापार उल्लेख्य रूपमा हुन नसकेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले बताए । तर, यसपटक भने त्रास कम भएकाले भाइमसलाको व्यापार बढेको छ । सामान्य अवस्थाको तुलनामा तिहारको समयमा काजु, बदाम, किसमिस, ओखरलगायत वस्तुको व्यापार करीब ३० देखि ४० प्रतिशतसम्मले वृद्धि हुने गरेको छ । नेपालमा तिहारको समयमा मात्रै करीब ६० करोड रुपैयाँसम्मको भाइमसलाको कारोबार हुने गरेको व्यापारीहरू बताउँछन् । यसपटक भाइमसलाको मूल्यमा समेत केही वृद्धि भएको पाइएको छ । संघका अनुसार छोकडाको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँबाट बढेर २ सय ५० रुपैयाँ कायम भएको छ । किसमिसको मूल्यमा प्रतिकिलो ५० रुपैयाँले बढेर ४ सय बाट ४ सय ५० रुपैयाँ पुगेको छ । काजुको मूल्य अघिल्लो वर्षको तिहारको तुलनामा प्रतिकिलो १ सय रुपैयाँले बढेर १५ सयबाट १६ सय रुपैयाँ पुगेको छ । त्यसैगरी अञ्जिरको मूल्य पनि गतवर्षको तुलनामा ५० रुपैयाँले बढेर १५ सय ५० रुपैयाँ कायम भएको बताइएको छ । यसअघि सरकारले आयात बन्द गरेका कारण सुपारीको मूल्यमा भने प्रतिकिलो ४ सय रुपैयाँले वृद्धि भएको छ । कुनै वस्तुको मूल्य भने घटेको पाइएको छ । सबैभन्दा बढी मूल्य घट्नेमा सुकुमेल रहेको छ । सुकुमेलको मूल्य प्रतिकिलो २ हजार रुपैयाँले घटेर ५ हजारबाट ३ हजार रुपैयाँ किलो कायम भएको छ । ओखरको मूल्य पनि प्रतिकिलो ५० रुपैयाँले घटेर ६ सय रुपैयाँबाट प्रतिकिलो ५ सय ५० रुपैयाँमा झरेको बताइएको छ । घरआँगनमै तिहार प्रवेश गर्न थालिसकेकाले बजारमा यस्ता वस्तुको किनमेल गर्ने उपभोक्तासमेत बढेका छन् । अहिले काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरीलगायत स्थानमा तिहार केन्द्रित किनमेल गर्ने ग्राहकको भीड बढेको देख्न सकिन्छ ।