क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो ।
गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखि उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (कास्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन् ।
स्व...