कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।यसैगरी कोरोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो । रेडियो हापुरेमा कार्यरत उनले गत हप्तामात्र कोरोनाला