काठमाडौं : सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोडेर पाँचदलीय नयाँ गठबन्धन बनाएपछि यसको असर प्रदेशहरूमा पनि देखिएको छ। केन्द्रमा भएको सत्ता समीकरण फेरबदलसँगै अहिले सातै प्रदेशका सरकार धर्मराएका छन्। अहिले गठबन्धनमा रहेका दलहरू सबै प्रदेशमा आफ्नो सरकार निर्माण गर्न लागिपरेका छन्। खासगरी कांग्रेसले नेतृत्व गरिरहेको प्रदेश सरकारलाई गठबन्धन दलहरूले पहिलो निशाना बनाएका छन्। कांग्रेस पनि आफ्नो सरकार टिकाउने विकल्पको खोजीमा छ। केन्द्रमा नयाँ सत्