मोरङमा सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस

आफ्नै पार्टीभित्रको विवादका कारण टिकट वितरणमा समस्या झेलिरहेको नेपाली कांग्रेसका लागि मोरङमा गठबन्धन भित्रका दललाई रिझाएर आफ्नै नेताको व्यवस्थापन गर्नुपर्ने अर्को समस्या देखिएको छ ।आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि टिकटको दाबी विरोध गर्दै नेपाली कांग्रेसका नेताहरु माथिल्लो तहका नेताको ढोका ढक्ढक्याइरहेका छन् । इतर पक्षका नेता शेखर कोइराला पक्षको पकड रहेको मोरङमा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु पनि टिकटको दौडमा छन् ।मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा ठुलो रस्सा