प्रदेश १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४४ वटाको अन्तिम मत परिणाम आइसकेको छ । अन्य ११ वटाको अन्तिम मत परिणाम आउन बाँकी रहँदा एउटा निर्वाचन क्षेत्रमा भने मतगणना सुरु नै भएको छैन । अधिकांश प्रदेश निर्वाचन क्षेत्रको मत परिणाम आइसक्दा प्रदेश १ मा सरकार बनाउन सत्ता गठबन्धनलाई बहुमत पुग्न निकै सकस देखिएको छ । उता, एमालेले नेतृत्व गरेको गठबन्धनलाई पनि सरकार बनाउन सकस देखिन्छ । प्रत्यक्षमा बहुमत सिट जित्ने अवस्थामा रहेको एमाले समानुपातिक मतमा पनि पहिलो स्थानमा छ । सुनसरी ३ (२) गणना हुन