काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई सुरक्षित गराउन संक्रमणकालीन न्यायको विषय फास्ट ट्र्याकबाट टुंग्याउन खोजेको बताएका छन्। बुधबार बाराको गढीमाईमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले १८ वर्षसम्म टुंगो नलागेको विषय १८ दिनमा टुंगो लगाएर आफूलाई सुरक्षित गर्दै पीडितलाई पीडा दिने अभियानमा सरकार लागेको आरोप लगाएका हुन्। ‘यो सरकार शान्ति प्रक्रिया छिटो टुंग्याऊँ भनेर आफ्ना लागि मात्रै छिटो बाटोबाट टुंगो लगाउन खोजिरहेको छ। किन १८ वर्षसम्म टुंगो लागेन १८ दिनम