प्रदेश १ को नामकरण बहस : ओलीलाई मुख्यमन्त्रीको जवाफ– कोशी नाम हुँदैन

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने सुझाव दिएसँगै नामकरणको बहस फेरि सुरु भएको छ । प्रदेश १ को नामकरणमा विभिन्न तर्कसहितका प्रस्ताव आइरहेको समयमा ओलीले ‘कोशी’ नाम राख्न सुझाव दिएका हुन् । तर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ओलीको सुझाव मान्य नहुने प्रस्ट पारिसकेका छन् ।एमाले अध्यक्ष ओलीले दुई दिनअगाडि झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने बताएका थिए । ‘

सम्बन्धित सामग्री

कोशीमा सरकार र पहिचान पक्षधरबीच ३ बुँदे सहमति

९ फागुन, विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच बुधबार वार्ता भएको छ । विराटनगरस्थित होटल इस्टर्न स्टारमा बुधबार भएको दोस्रो बार्तामा दुई पक्षबीच विभिन्न तीन बुँदामा सहमति भएको छ । गत २६ माघमा भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच पाँच बुँदे सहमति भएको थियो । बुधबार पुनः नामाङ्कनको प्रक्रियालाई […]

पक्राउ परेका नेता, कार्यकर्ता नछोडे हड्ताल गर्ने संघर्ष समितिको चेतावनी

विराटनगर : कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको भन्दै  प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको छ।संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै गत १४ गतेको आन्दोलन र प्रदर्शनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ जनाभन्दा बढीलाई सख्त घाइते बनाएको आरोप लगाएको छ।प्रहरीले अस्पतालमा उपचार

पहिचानका आधारमा फेरि नामांकनको माग गर्दै सभामुखलाई ज्ञापन

२६ चैत, विराटनगर । प्रदेशको नामका विरुद्ध आन्दोलनरत पहिचान पक्षधरले पहिचानको आधारमा कोशी प्रदेशको नामांकन फेरि गर्न माग गर्दै प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका सभामुख बाबुराम गौमतलाई ज्ञापनपत्र बुझाएको हो  । गत फागुन १७ गते भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरु आन्दोलनमा छन् । […]

कोशी राखिसकेपछि एसईईमा सोधियो– प्रदेशको नाम के राख्न सल्लाह दिनुहुन्छ ?

२३ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिहीबार अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा थियो । जसमा लुम्बिनी प्रदेशमा सोधिएको एउटा प्रश्न छ, ‘प्रदेश १ को नामकरण हुन सकेको छैन । यस सन्दर्भमा त्यस प्रदेशका वर्तमान मुख्यमन्त्रीलाई प्रदेशको नाम के राख्ने भनी सल्लाह दिनुहुन्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् […]

प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरु

प्रदेश १ मा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल हुँदैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।

प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय छलफल हुँदै

प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक आज बस्दैछ । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा बैठक बस्न लागेको हो । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहु

काँग्रेसद्वारा ‘सप्तकोशी’ प्रस्ताव, पहिचानवादी आन्दोलनको स्वरुप बनाउँदै

विराटनगरमा नेपाली काँग्रेसले प्रदेश १ को नाम ‘सप्तकोशी’ प्रस्ताव गर्दै गर्दा पहिचानवादी ३० वटा संगठन भने शनिबार इटहरीको एक होटलमा भेला भएर आन्दोलनको खाका बनाउँदै थिए । प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा प्रदेश १ को नामकरण गर्ने विषय पेचिलो बन्दै गएको छ । शुक्रबार बसेको सर्वदलीय बैठकमा प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले ‘कोशी’ राख्न प्रस्ताव गरेको थियो । त्यसको भोलिपल्ट दोस्रो ठूलो दल नेपाली काँग्रेसले सप्तकोशी प्रस्ताव गरेको हो । ‘कोशी भनेको कु

प्रदेश १ को नामकरण कति सम्भव ?

विराटनगर । प्रदेश १ को नामकरणका बारेमा तीन वर्षअघि साविकको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलमा लामो छलफल भएको थियो । त्यतिबेला प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाइ बहुमत थियो ।यद्यपि, शेरधन राई नेतृत्वको तत्कालीन सरकारले प्रदेशको नामकरणको विषय टुङ्ग्याउन सकेन । त्यतिबेला नेकपा संसदीय दलको बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यले पहिचानका आधारमा नामकरण हुनुपर्ने अर्थात् प्रदेशको नाम ‘कोशी–किरात’ हुनुपर्नेमा जोड दिएका थिए ।त्यही रिपोर्ट लिएर तत्कालीन नेकपाका नेताह

प्रदेश १ को नामकरण चाँडै हुन्छः मुख्यमन्‍त्री राई

किमाथाङ्काः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन्। सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग सङ्क्षित कुराकानीमा राईले नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाइने बताए। नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए। प्रदेशको नामकरणका…