नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिदै चुनाव सार्ने षडयन्त्रमा लागेको बताएका हुन् । ‘प्रतिगामी तत्वहरु अहिले पनि चुनाव सार्ने कोशिस गरिरहेका छन् । चुनाव सारेर स्थानीय तह रिक्त गर्दिने । लोकतन्त्र रहन्छ रु लोकतन्त्र समाप्त पार्ने’, ओलीले ०५९ सालमा पनि शेरबहादुर देउवाले त्यसै गरेको बता