काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ ।
प्रेस चौतारी नेपाल प्रदेश-१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उहाँले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश-१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो । कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका उहाँको भनाइ छ ।
जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने अध्यक्ष ओलीको भनाइ छ । सातवटा प्र...