प्रचण्डलाई ओलीको सुझाव– ‘मुद्दा हाल्न पाइन्छ, तर अदालतलाई धम्क्याउन चाहिँ पाइन्न’

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतलाई धम्क्याउन खोजेको आरोप लगाएका छन् । उनले स्वतन्त्र अदालतलाई सम्मान गर्न प्रचण्डलाई सुझाव दिए । दाङमा नेकपा आली समूहले आयोजना गरेको सभालाई सोमवार सम्बोधन गर्दै ओलीले अदालतलाई धम्क्याउने काम नगर्न प्रचण्डलाई चेतावनी दिएका हुन् । ‘एकजना नेताले अस्ति ४ दिनअगाडि बढो धुमधामसँग भने– कसैले पनि यहाँ अशान्ति चाहेको छैन । कसैले पनि अराजकता चाहेको छैन । अदालतले हा...

सम्बन्धित सामग्री

एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिनुभएको हो । अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा …

माधव नेपाललाई ओलीको सुझाव : अब जुरो हल्लाएर काम छैन

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भइरहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता

अध्यक्ष ओलीको सुझाव : खरानी पानीले ठूल्ठूला जुका पनि मर्छन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खरानी पानीले ठूलठूला जुका मर्ने दाबी गरेका छन्।शनिबार प्रवासी नेपाली मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो बाल्यकाल स्मरण गर्दै पानीमा खरानी घोलेर खाएमा ठूलठूला जुका मर्ने दाबी गरेका हुन्। धनी राष्ट्रहरूको प्रदूषणले नेपाल जस्तो देश र यहाँका हिमालहरूलाई असर पुर्‍याइरहेको सन्दर्भमा उनले यस्तो बताएका हुन्। जसरी खरानीमा जुका मार्न सक्ने शक्ति रहेको हुन्छ त्यसरी नै धनी राष्ट्रहरूको प्र

विप्लवलाई सूर्य चिह्नबाट चुनाव लड्न ओलीको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिदै चुनाव सार्ने षडयन्त्रमा लागेको बताएका हुन् । ‘प्रतिगामी तत्वहरु अहिले पनि चुनाव सार्ने कोशिस गरिरहेका छन् । चुनाव सारेर स्थानीय तह रिक्त गर्दिने । लोकतन्त्र रहन्छ रु लोकतन्त्र समाप्त पार्ने’, ओलीले ०५९ सालमा पनि शेरबहादुर देउवाले त्यसै गरेको बता

प्रदेश १ को नाम  कोसी राख्न ओलीको सुझाव

एमाले अध्यक्ष केपी ओलीले प्रदेश–१ को नाम कोसी राख्न सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को भेलालाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै ओलीले कोसी सभ्यतासँग जोडिएकाले यही नाम राख्न सुझाव...

प्रदेश १ को नाम कोसी राख्न ओलीको सुझाव

२१ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा […]

प्रदेश नं १ को नाम 'कोशी' राख्न केपी ओलीको सुझाव

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम ‘कोशी’ राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। आज विर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका भन्दै प्रदेश नं १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने बताएका हुन्। ‘कोशीले…

देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाली काँग्रेसले सबैलाई साथ लिएर हिँडेमा आफ्नो आपत्ति नरहने बताए । काँग्रेसलाई सुझाव दिँदै उनले भने, ‘तर, अरुका नीतिको पछाडि होइन, आफ्नो नीतिमा हिँडोस् । शेरबहादुर देउवाजी प्रधानमन्त्रीमात्र होइन, सरकारको नेता हुनुहोस् ।’ उनले राष्

प्रचण्डलाई झापाबाट चुनाव लड्न ओलीको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापाबाट चुनाव लड्न सुझाव दिएका छन् । राजधानीमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई झापामै आएर चुनाव लड्न सुझाएका हुन् ।एमालेको दशौं महाधिवेशन चितवनमा किन गरियो भन्ने प्रश्नको जवाफ दिँदै ओलीले महाधिवेशन कहाँ गर्ने भन्नेबारे निर्णय गर्नु कुनै पनि पार्टीको सहजता र स्वतन्त्रताको विषय भएको जनाए ।प्रचण्डकै चुनाव क्षेत्रलाई लक्षित गरेर एमालेले महाधिवेशनस्थल तोकेको