काठमाडौँः नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि आयोग गठन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेको तीन दिन नबित्दै सत्ता घटक माओवादी केन्द्रले आयोग गठनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।…