असार १ गते देखि दुई दिन बिदा खारेज गर्ने सरकारको निर्णय

नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले रातोपाटीलाई बताए ।नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले इन्धन खपत कम गर्न परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हटेको हो । आजमात्र दुई दिन बिदा दिने निर्णय विरुद्ध अदालतमा रिटसमेत परेको थियो ।

सम्बन्धित सामग्री

याङवरक गाउँपालिकाले दुई दिन बिदा नमान्ने

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले साताको दुई दिन क्रमशः शनिबार र आइतबार बिदा हुने संघीय सरकारको निर्णय नमान्ने भएको छ।...

आइतबार बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा

काठमाडाैँ- शनिबार र आ‍इतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ। यो बिदा परीक्षणको रूपमा रहने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो। सातामा दुई दिन बिदा हुने भए पनि अन्य पाँच दिन भने बिहान ९ः३० बजेदखि ५ः३० बजेसम्म कार्यालय खुल्ने सूचना नेपाल राजपत्रमा प्रकाशित […]

हप्तामा दुई दिन बिदा आजदेखि कार्यान्वयन

काठमाण्डाै - हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयन भएको छ । अब शनिवार र आइतवार बिदा हुुनेछ । प्रशासन क्षेत्रमा कार्यघण्टा बढेको छ । शनिवार र आइतवार बिदा हुने भएपछि कार्यालय समय बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म हुनेछ । शिक्षण संस्थामा शुक्रवारको आधा दिन हुँदै आएको छुट्टी बढाउने र वार्षिक बिदा कट्टा गरेर पठनपाठन हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले हप्तामा दुई दिन ...

दुई दिन सरकारी बिदाः अस्पतालमा आइतबार ओपिडी बन्द हुने

स्वास्थ्य मन्त्रालयमा बिहीबार स्वास्थ्यका पेशागत संघसंगठन र अस्पतालका प्रतिनिधिहरुबीच भएको छलफलमा तत्काललाई सरकारको निर्णय अनुसार नै दुई दिन बिदा दिनुपर्ने विषयमा सुझाब आएको थियो।

हप्तामा २ दिन बिदा दिने सरकारकाे निर्णय मान्दैनाैँ - निजी शैक्षिक संस्था

काठमाण्डाै – निजी शैक्षिक संस्थाले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थासँग कुनै छलफल नगरि गरिएकाे निर्णय नमान्ने बताउनु भयो ।न्युज एजेन्सी नेपालीसँग कुरा गर्दै उहाँले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीमा मानसिक दबाब पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मान्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अपर्झट निर्णय आएको छ । हामीलाई पढाउ...

निजी शिक्षण संस्थाले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने

काठमाडाैं : निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन्।हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श अचानक अव्यवहारिक निर्णय गरेको उनीहरुको गुनासो छ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारकाे

निजी विद्यालयले दुई दिन बिदा नदिने

निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।  हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले  उनीहरूले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको उनीहरूको गुनासो छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव

विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ— सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बिदा हुने भएका छन्। सरकारी कार्यालयँगै  विद्यालय र कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो। शिक्षामन्त्री देबेन्द्र पौडेलका अनुसार शनिबार र आइतबार छुट्टी हुने विद्यालय तथा कलेजहरु साताका बाँकी पाँच दिन भने बिहान ९: ३० […]

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ। आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री कार्कीले परीक्षणको रुपमा दुई दिन बिदा दिने निर्णय भएको बताए ।पेट

जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । “हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९:३० देखि साँझ ५:३० सम्म कार्यालय समय कायम गर्ने, […] The post जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.