छिमेक लघुवित्त डिजिटल कारोबारतर्फ अग्रसर

छिमेक लघुवित्तले मोबाइल बैंकिङ एप मार्फत सदस्यहरूलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ।

सम्बन्धित सामग्री

छिमेक लघुवित्त सहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  छिमेक लघुवित्त वित्तीय संस्था,गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । यी तीन  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले छिमेक लघुवित्तको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ८६५ दशमलव ७१ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९०९ मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले गरिमा विकास बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३७४ दशमलव ४३ कायम भएको छ ।  सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३८६ दशमलव ५४ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४०२ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी तीन कम्पनीको सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा भोलि  अर्थात पुस १७ गते  यी कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यायमा तालाबन्दी

कञ्चनपुर : उपभोक्ताबाट चर्को ब्याज असुलेको आरोप लगाउँदै नेकपा (बहुमत)का कार्यकर्ताले मंगलवार शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन्।बहुमतका नगर इन्चार्ज बहादु सिंह महरा (सन्दर्भ) का अनुसार वित्तीय संस्थाले महिलाहरूलाई ऋण प्रवाह गर्दा सास्ती दिने र भेदभाव गर्ने गुनासो, किस्ता अनुसाल गर्ने क्रममा सेवाग्राहीलाई जबरजस्ती र दुर्व्यवहार गर्ने गरेका कारण तालाबन्दी गरिएको छ।विभिन्न स्किमको प्रलोभन देखाएर सेवाग्राहीलाई ठगी गरेको, उ

छिमेक लघुवित्तको एपबाट क्युआर भुक्तानी गर्न सकिने

छिमेक लघुवित्त वित्तिय संस्थाले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ। लघुवित्तले शुक्रबारदेखि मोवाइल बैंकिङ एपबाट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो। यस सेवाअन्तर्गत कनेक्ट आइपिएस...

छिमेक लघुवित्तले सञ्चालनमा ल्यायो भुक्तानी एप

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंकिङ मोबाइल एप  सञ्चालनमा ल्याएको छ ।

छिमेक लघुवित्त पनि एनपिएसमा आबद्ध

छिमेक लघुवित्त पनि अब एनसिएसमा आबद्ध भएको छ ।आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न दुई संस्थाहरू बीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ ।सम्झौता पत्रमा छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर […]

छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

छिमेक लघुवित्त वित्तीय संस्था र नेपाल क्लियरिङ हाउसबीच डिजिटल माध्यमबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।

छिमेक लघुवित्त नेशनल पेमेन्ट इन्टरफेसमा आवद्ध

१ भदौ, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेशनल पेमेन्ट इन्टरफेसमा आवद्ध भएको छ । एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको लघुवित्तले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा छिमेक लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका […]

छिमेक लघुवित्त र आरएमडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार

चैत ८, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन दिने अन्तिम दिन बुधवारसम्म रहेको छ । उक्त बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाको ६ लाख ६ हजार १४० कित्ता शेयर फागुन ५ गते देखि लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक ती दुबै कम्पनीका विद्यमान संस्थापक शेयरधनीले बुधवार कार्यालय समयभित्र बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्सालमा काठमाडौंमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आरएमडिसी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.५४० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण शेयर संख्याको लागि  आवेदन दिन सकिने छ । त्यसैगरी छिमेक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य प्रतिकित्ता रू. ६०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  यस कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण शेयर सख्याको लागि आवेदन दिन सकिने छ। विक्री प्रबन्धकमाा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरका लिलामीमा

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोल माध्यमबाट बिक्रीमा आउने भएको छ । बैंक अफ काठमाडौले संस्थाको संस्थापक शेयर तर्फको ६ लाख ६ हजार १४० कित्ता शेयरको न्यूनतम प्रतिकित्ता रू. ६०० को दरले बोलकबोल माध्यमबाट बिक्री गर्ने निर्णय गरेको हो । सो बोलपत्रमा फागुन ५ गतेदेखि चैत ९ गतेसम्म आवेदन दिन सकिने छ । बोलपत्र कार्य प्रयोजनार्थ संस्थाको बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

छिमेक लघुवित्तले गर्‍यो लाभांशको प्रस्ताव, कति पाउँछन् लगानीकर्ताले ?

छिमेक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ ।