बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोल माध्यमबाट बिक्रीमा आउने भएको छ ।
बैंक अफ काठमाडौले संस्थाको संस्थापक शेयर तर्फको ६ लाख ६ हजार १४० कित्ता शेयरको न्यूनतम प्रतिकित्ता रू. ६०० को दरले बोलकबोल माध्यमबाट बिक्री गर्ने निर्णय गरेको हो । सो बोलपत्रमा फागुन ५ गतेदेखि चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।
बोलपत्र कार्य प्रयोजनार्थ संस्थाको बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।