काठमाडौं, माघ ५ । मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधबार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो । त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल […]